थप १६० मा कोरोना पुष्टि
काठमाडौँ : थप १६० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार २१५ पुगेको छ। थप चार हजार ३०९ को पिसिआर परीक्षण गरिएको थियो ।
हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख १० हजार ५७ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६८ हजार ४३१ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा देशभर १६५ सङ्क्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर एक हजार ७३७ सक्रिय सङ्क्रमित रहेका छन् । हाल ८७ सङ्क्रमित क्वारेन्टिनमा छन्।
यस्तै ६४ सङ्क्रमित आइसियुमा तथा १५ सङ्क्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ।
थप दुईको मृत्यु
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप दुईको मृत्यु भएको छ। हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ।