सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सभामा ३ विधेयक टेबुल

२०७७ माघ २७, ०६:१७ खबर संवाददाता

धनगढी- सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको  सोमबारको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले छुट्टाछुट्टै रूपमा ३ विधेयक टेबुल गरेकी छिन्। 

‘सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशुसेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘सुदूरपश्चिम प्रदेशको बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुदूरपश्चिम प्रदेश दूग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक’ टेबुल गरिएको हो। 

अधिवेशनको अन्त्य भएको छ । महिनाभित्र अर्को अधिवेशन गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन सोमवारबाट शुरु भएको हो। कोरोना सङ्क्रमणको जोखिमका कारण प्रदेशसभाको वर्खे अधिवेशन (बजेट अधिवेशन) गएको साउन ३१ गते थोरै दिन सञ्चालन भई अन्त्य गरिएको थियो।    
 

कमेन्ट लोड गर्नुस