सुदूर नेपाललाई विश्वसँग जोड्दै

बचम्पुजा र मञ्जुश्री उद्यान पर्यटकको आकर्षणमा

२०७७ माघ २६, ०४:४२ रासस

दोलखा : आर्थिक रुपमा भीमेश्वर नगरपालिकालाई समुन्नत बनाउन चम्पुजा र मञ्जुश्री पार्क कोशेढुङ्गा सावित भएको छ । 

वडा नम्बर २ मा पर्ने यी दुई पार्कमा दैनिकरुपमा दुई÷तीन सय आन्तरिक ताथ बाह्य पर्यटक यहाँको मनमोहक दृश्य हेर्न आउने गरेका छन् । पार्कबाट पवित्र धार्मिकस्थल भीमेश्वर, कालिञ्चोक, तामाकोशी, हनुमन्ते, शैलुङ र गौरीशङ्कर नजिकबाट नियाल्न सकिन्छ । 

यहाँको विकासका लागि भीमेश्वर मन्दिर नजिक सोलार पार्कसमेत बनाउन छिट्टै सुरु गरिने नगर प्रमुख भरतबहादुर केसीले बताए । विसं २०७१ मा नगरपालिकाले आप्mनो बजेटबाट पार्क बनाउन शुरु गरेको थियो । पछि पर्यटन मन्त्रालय, सहरी विकास मन्त्रालय र स्थानीय नागरिकको जनश्रमदानमा गरी एक÷एक करोडको लगानीमा निर्माण गरिएको छ । 

पार्कले हालसम्म पनि पूर्णता पाएका छैन । पार्कभित्र धेरै पूर्वाधार बनाउनुपर्ने देखिएको छ । भीमसेनको दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक मन्दिर नजिक पर्ने कारण चम्पुजा र मञ्जुश्री पार्क जाने गरेका छन् । आर्थिक समृद्धिका लागि यहाँका धार्मिकस्थल र पार्क कोशेढुङ्गा सावित हुने वडा नम्बर २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए । 

तिब्बतबाट नेपालमा आउँदा वडा नम्बर २ तिलिञ्चोमा बास बसी तत्काल कृतिपुरमा पुगी चोभारको डाँडा मञ्जुश्री काटेका र हाल काठमाडौँ उपत्यका बनेको भन्ने भनाइ रहिआएको छ । धार्मिक आस्थाको धरोहरसमेत भएको कारण पर्यटकको भीड लाग्ने गरेका स्थानीय समाजसेवी भरत प्रधानले बताए  ।

कमेन्ट लोड गर्नुस