प्रेस संगठन कैलालीको ५१ सदस्यीय कमिटी विस्तार(नामसहित)
धनगढी: प्रेस संगठन कैलालीले ५१ सदस्यीय कमिटी विस्तार गरेको छ। संगठनका कैलाली संयोजक हरिष विकको अध्यक्षतामा सोमबार बसेको बैठकले ५१ सदस्यीय कमिटी विस्तार गरेको हो।
प्रेस संगठन सुदूरपश्चिम प्रदेश सह–सयोजक नवराज भण्डारीको प्रमुख आथित्यतामा उक्त बैठक सम्पन्न भएको हो। उनले आधिकारीक प्रेस संगठन आफु नै भएको स्पष्ट पारेका छन्।
प्रेस संगठन कैलालीका संयोजक हरिष विकले नयाँ सदस्यहरुलाई स्वागत गदैँ आफुहरुको संगठन नै आधिकारीक भएको बताएका छन्।
बैठकमा पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह, सदस्य मुकेस चौधरी, प्रेस सङ्गठन सुदूरपश्चिम प्रदेश सदस्य तथा वानका केन्द्रिय सदस्य हरि जोशी, लक्ष्मी जैसी लगायतको सहभागीता रहेको थियो।