सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रेस सङ्गठनको प्रदेश भेला सुरु

२०७७ माघ २६, १२:५० खबर संवाददाता

धनगढीः पुनः गठनपछि प्रेस सङ्गठन नेपालको पहिलो प्रदेश भेलाका रुपमा सोमबार सुदूरपश्चिम प्रदेशको भेला धनगढीमा सुरु भएको छ। 

उक्त भेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज लेखराज भट्टले उद्घाटन गरेका छन्। भेलामा प्रदेशका नौ वटै जिल्लाबाट सङ्गठनमा आवद्ध अगुवा तथा सञ्चारकर्मीको उपस्थिति भएका छन्।

यही माघ ८ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको राष्ट्रिय भेलाले सङ्गठनको संयोजकमा गणेश बस्नेतलाई चयन गरेपछि प्रदेश र जिल्लास्तरमा गतिविधि हुन थालेका छन्। 
 

कमेन्ट लोड गर्नुस