सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७७ माघ २६, ११:३७ रासस

काठमाडौँ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । 

छापावाला सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोवार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा २०० रुपैयाँले घटेको छ । ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज ८९ हजार ९५० रुपैयाँ मूल्य निर्धारण भएको छ । 

त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । एक हजार ३१० रुपैयाँमा आइतबार कारोवार भएको चाँदी आज तोलामा एक हजार ३१५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।
 

कमेन्ट लोड गर्नुस