धनगढीमा भागरथीलाई न्याय माग्दै अनेरास्ववियुद्वारा दिप प्रज्वलन
धनगढीः अनेरास्ववियु कैलालीले भागरथी भट्टलाई न्याय माग्दै दिप प्रज्वलन गरेको छ।
अनेरास्ववियुले बैतडीमा बिहीबार मृत भेटिएकी किशोरी भट्ट प्रति न्याय माग्दै दिप प्रज्वलन गरेको हो।
यस्तै अनेरास्ववियुले यसअघि दिउँसो विज्ञप्ति समेत जारी गरि भागरथीको रहस्यमय घटनाको वास्तविकता पत्ता लगाउन पनि माग गरेको छ।
अनेरास्ववियु कैलालीका संयोजक कुमार बडैलाले जारी गरेको विज्ञप्तिमा घटनाबारे सत्यतथ्य छानबिन गरि दोषी उपर कडाभन्दा कडा कारवारी गर्न माग गरिएको छ।
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ स्थित सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ वर्षीया किशोरी भागरथी भट्टको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो।