बझाङमा वातावरण सुधारका लागि कानून निर्माण
बझाङ: मानवीय गतिविधिका कारण बिग्रदै गएको वातावरणमा सुधार गर्नको लागि बझाङ्का स्थानीय तह कानून निर्माणमा जुटेका छन्।
अव्यवस्थित विकास निर्माण, शहरीकरण, मानवीय क्रियाकलापका कारण जल, जमीन, जङ्गललगायत वातावरणमा प्रतिकूल प्रभाव पर्न थालेको जनाउँदै त्यस्ता गतिविधिलाई नियमन गर्न कानूनको तर्जुमा गर्न लागिएको हो।
तलकोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले बाढीपहिरो, पानीका स्रोतको प्रदूषण, जङ्गलको विनाश र जैविकविविधतामा ह्रास आइरहेको बताए। उनले यसलाई रोक्न गाउँपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिए।
जिल्लाका जयपृथ्बी नगरपालिका, तलकोट, छविसपाथीभेरा, थलारा र केदारस्युँ गाउँपालिकाका जनप्रतिनिधि अन्य सरोकारवाला निकायसँग परामर्श गरेर वातावरण संरक्षण ऐन र नियमावली बनाउन लागेका छन्। जयपृथ्बीका उपप्रमुख जुना जाग्रीले वातावरण संरक्षण गर्न सहकार्य र समन्वय आवश्यक रहेको बताए।
जल तथा ऊर्जा आयोगका सहसचिव कलानिधि पौडेलले वातावरण संरक्षणसम्बन्धी कानून निर्माणमा बझाङ्का स्थानीय तहले लिएको सक्रियता प्रशंसनीय रहेको बताए।
नागरिक समाजका अध्यक्ष धर्मजङबहादुर सिंहले विगतमा स्थानीय तहले जथाभावी डोजर प्रयोग गर्न नहुनेमा जोड दिए।