सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भागरथी मृत फेला प्रकरणः दोषीलाई कारवाहीको माग गर्दै दोस्रो दिनपनि प्रदर्शन

फाइल फोटो
फाइल फोटो
२०७७ माघ २४, ०३:५६ खबर संवाददाता

धनगढीः बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै स्थानीय दोस्रो दिनपनि प्रदर्शन गरेका छन्। 

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित उनीहरुले खोचलेक बजारमा प्रर्दशन गरेका हुन।  

प्रदर्शकारीहरुले महकाली राजमार्ग समेत अवरुद्ध गरेका छन्। उनीहरुले हत्यारालाई तत्काल सार्वजनिक गर्न समेत माग गरेका छन्। 

बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। 

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस