सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वासमा २० लाखको लगानीमा रेष्टुरेन्ट सञ्चालन

२०७७ माघ २३, ०३:४२ खबर संवाददाता

धनगढीः कञ्चनपुरको पुनर्वासमा २० लाखको लगानीमा रेष्टुरेन्ट सञ्चालनमा आएको छ।

पुनर्वासकै स्थानीय विशेष पौडेलले परिकार फुड डीलाईट नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।

रेष्टुरेन्टको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालले औपचारिक रुपमा रिवन काटेर उदघाटन गरेका छन्। 

झण्डै ९ वर्षदेखि भारतमा कुकका रुपमा काम गर्दै आएका पौडेलले आफ्नै गाउँ ठाउँमा  व्यवसाय गर्नुपर्छ भन्ने उद्देश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताए। 

उनले रेष्टुरेन्टमा भारत तथा चाईनीज खानाका परिकारका साथै मिठाईका परिकार उपलब्ध हुने बताए। 
 

कमेन्ट लोड गर्नुस