सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला घर भएका सशस्त्र प्रहरी निरीक्षकको निधन

। फोटो स्रोत ।
२०७७ माघ २३, १२:४४ खबर संवाददाता

धनगढी : दार्चुला घर भएका एक सशस्त्र प्रहरी निरीक्षकको निधन भएको छ । 

जिल्लाको लेकम गाउँपालिका–३ घर भएका ४५ वर्षीय सशस्त्र प्रहरी निरीक्षक नारायणसिंह ऐरको निधन भएको हो । उनी बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत थिए । 

बोर्डर आउट पोष्ट कबहीगोठ बाराका अनुसार बिहीबारको आमहड्तालमा ड्युटीका क्रममा हिँड्दाहिँड्दै उनी अचानक बेहोस भएका थिए ।

उनको कलैया अस्पताल र वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं लैजाने तयारी गर्दैगर्दा निधन भएको बताइएको छ । 

कमेन्ट लोड गर्नुस