बैतडीका हरिदत्त जोशी समावेशी आयोगका आयुक्त
बैतडी: बैतडीका हरिदत्त जोशी समावेशी आयोगको आयुक्तमा नियुक्त भएका छन्।
गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले जोशीलाई आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार बुधबार जोशीले शपथ ग्रहण गरेका छन्।
बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक घर भएका जोशी २०४२ सालदेखि मजदुर आन्दोलनमा आवद्ध रहेका थिए। २०४६ सालदेखि नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)मा उनी आवद्ध रहेका थिए।