सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट थप २ जनाको मृत्यु, १०९ संक्रमित थपिए

२०७७ माघ १७, ०४:५० खबर संवाददाता

धनगढी: पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै १ सय ९ जना नयाँ संक्रमित थपिएका छन्। आज ३ सय ५० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन्।

हालसम्म २ लाख ७० हजार ८ सय ५४ संक्रमित भएपनि २ लाख ६६ हजार ४८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २ हजार ७ सय ७९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस