डोटी उद्योग बाणिज्य संघको अध्यक्षमा कलेल निर्वाचित
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा मोहन बहादुर कलेल निर्वाचित भएका छन् । शनिबार भएको मतदानको अन्तिम मत परिणम आईतबार सार्वजनिक भए संगै कलेल अध्यक्षमा निर्वाचित भएका हुन् । कलेलले ६ सय ४ मत ल्यायर निर्वाचित भएका हुन् । उनका प्रतिद्धदी बिक्रम साउँदले ३ सय ४३ मत ल्याए । यस्तै उद्योगको उपाध्यक्षमा खेम भण्डारीले ५ सय ८९ मत ल्याएर वियी हुँदा प्रतिस्पर्धी नैन बोहराले ३ सय ८ मत ल्याएर पराजित भए ।
वाणिज्यको उपाध्यक्षमा बासुदेब गौतमले ४ सय ८६ मत ल्याए विजय भए भने प्रतिद्धन्द्धी नर बहादुर खड्काले ४ सय १० प्राप्त गरे । महासचिव दिपक बहादुर खड्का ५ सय ५० मत ल्यार बिजय हुँदा प्रतिद्धन्द्धी हर्क बहादुर खत्रीले ३ सय ४१ ल्याए । कोषाध्यक्षमा दिर्घ बहादुर साउँद, सचिवमा लक्ष्मी श्रेष्ठ, महिला सदस्यहरुमा ईन्द्रादेवी साउँद, गंगा कुमारी खड्का बोगटी, मन्जु कुमारी खड्का विजयी भएका छन् ।
दलित महिला सदस्यमा रन्जना बागचन्द, जनजाती महिला सदस्य चन्द्रा माझी, खुल्ला सदस्यमा अमित अमात्य, गणेश भण्डारी, दल बहादुर बलायर र लाल कठायत बिजयी भए । निवर्तमान अध्यक्ष नरेन्द्र बहादुर खड्काको कार्यकालमा अध्यक्षले एक कार्यकाल मात्र नेतृत्व समाल्न पाउने निर्णय गरेको थियो ।