सुदूर नेपाललाई विश्वसँग जोड्दै

लयमा फर्किदै बैतडीको व्यापार व्यवसाय

२०७७ माघ १७, ०९:०९ रासस

बैतडी : कोरोना महामारीका कारण ठप्प रहेको जिल्लाभित्रको व्यापार व्यवसाय पछिल्लो समय लयमा फर्किदै गएको छ । कोरोनाको जोखिम हुन नदिन सरकारले गएको चैत महीनादेखि बन्दाबन्दी घोषणा गरेसँगे बैतडीमा पनि सबै व्यापारिक कारोवार प्रायः ठप्प रहेको थियो । 

पहिल्ला केही महीनादेखि बन्दाबन्दी खुकुलो गर्दै व्यापार व्यवसाय यातायात खोल्ने सरकारको निर्णयपछि भने यहाँको बजार पनि खुलेका हुन् । बजार खुलेसँगै व्यापार व्यवसाय पनि लयमा फर्किन थालेको बताइएको छ । 

“कोरोना कहरले गर्दा निकै घाटा व्यहोरेका यहाँका व्यापारीको व्यापारिक कारोवार बल्ल ठीक ठाउँमा आउँदैछ, सङ्घका अध्यक्ष चन्दले भने, “व्यापार व्यवसायले पनि गति लिँदै गएको छ हाल बजार क्षेत्रमा पनि किनमेल गर्नेको भीडभाड विस्तारै बढ्दै गएको छ ।” सीमानाका सञ्चालनको बेला दुवै देशका नागरिक वारिपारि सामग्री किनमेल गर्न आवतजावत गर्ने गर्दर्थे । 

पहिले व्यापारिक प्रयोजनका लागि हार्डवेयरका सामग्री यो नाकाबाट आयात हुने गरेकामा केही वर्षदेखि भने यी सामग्रीको आयात घट्दै गएको छ । 

यो नाका हुँदै बैतडीलगायतका जिल्लामा उत्पादन हुने ठूलो परिमाणको घ्यू भारत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गाईभैँसी पाल्ने घट्दै जाँदा घ्यूको निर्यात पनि निकै कम परिमाणमा हुने गरेको जनाइएको छ । 

यस्तै नेपालमा उत्पादित तरकारीलगायतका कृषिउपज पनि यो नाका हुँदै भारत जाने गरेको छ । भारतीय ग्राहक भने चिनीयाँ र कोरियाका सामग्री किन्न यहाँ आउने गर्दथे ।
 

कमेन्ट लोड गर्नुस