कञ्चनपुरको बेलौरीमा निःशुल्क आँखा शिविर सञ्चालन
धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ३ मा बिहीबारबाट दुई दिने आँखा शिविर सञ्चालन गरिएको हो । वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको शिविरको पहिलो दिन हिजो १ सय ३९ जनाको आँखा जाँच गरिएको सो वडाका सचिव श्याम कुमार रानाले बताए ।
उनका अनुसार २६ जनालाई चश्मा प्रदान गरिएको छ भने १९ जनालाई शल्यक्रियाका लागि धनगढीको धनगढी नेत्रालय रेफर गरिएको छ । त्यस्तै हिजो नै उक्त वडाका ७० वर्ष उमेर माथिका ७२ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा पनि वितरण गरिएको सचिव रानाले बताए ।
दुई दिने निःशुल्क शिविर अन्तर्गत आज पनि आँखा जाँच गरिने छ ।