सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा स्वास्थ्य कार्यालय प्रमुख पन्तले लगाए कोराना विरुद्धको पहिलो ‘कोभिशिल्ड’

२०७७ माघ १५, ०३:२९ खबर संवाददाता

बाजुरा: बाजुरामा बिहिबारदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ। स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तलाई पहिलो ‘कोभिशिल्ड’ खोप लगाएर अभियान सुरु भएको हो।

जिल्लामा पहिलो चरणमा ९ सय ३५ जनालाई कोरोना विरुद्धको खोप लगाइने बताइएको छ। जिल्ला अस्पताल बाजुरामा माघ १५ देखि १९ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख पन्तले बताए। 

अन्य जिल्लामा बुधबारदेखि सुरू भएको अभियान बाजुरामा भने आजबाट सुरु भएको हो। खोप पुग्न ढिलाइ भएकाले बिहिबारदेखि अभियान थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

जिल्ला अस्पताल बाजुरालाई मात्र खोप केन्द्र तोकिएकाले अस्पतालमै पुगेर खोप लगाउन स्वास्थ्य कार्यालय बाजुराले आग्रह गरेको छ।
 

कमेन्ट लोड गर्नुस