धनगढीमा डेढ करोडको लगानीमा खुल्यो भूमिराज मार्ट
धनगढीः धनगढीमा डेढ करोडको लगानीमा भूमिराज मार्ट सञ्चालनमा आएको छ। उप–महानगरपालिकाको वडा नम्बर ३ चटकपुरमा बुधबार भूमिराज मार्ट प्रालीको औपचारिक उदघाटन गरिएको छ।
धनगढीमै हार्डवेयर व्यवसाय गर्दै आएका राजेन्द्र चन्दले मार्ट सञ्चालनमा ल्याएका हुन्। ‘सबै दैनिक उपभोग्य सामान एकै स्थानमा पाइने भएपछि ग्राहकलाइ पनि सहज हुन्छ,’ उनले भने, ‘हामीले अन्य ठाउँको भन्दा सस्तोमा सामान दिन्छौँ।’
यसपछि पनि अन्य स्थनमा नयाँ शाखा विस्तार गर्ने योजना रहेको उनले बताए। मार्टको उदघाटन कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गरेका हुन्।