सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली मोडलका विद्यार्थीद्वारा धनगढीको कपडा बैंकलाई सहयोग

२०७७ माघ १३, ०६:४५ खबर संवाददाता

धनगढीः कैलाली मोडलका विद्यार्थीले धनगढीको कपडा बैंकलाई कपडा सहयोग गरेका छन्।

चिसो मौसमलाई मध्यनजर गरेर कैलाली मोडलमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले बैंकलाई लगाउन मिल्ने खालका न्यानो कपडा सहयोग गरेका प्रिन्सीपल तपेन्द्र सिंहले बताए। 

उनका अनुसार विद्यार्थीहरुले २ सय ५० थान न्यानो कपडा बैंकलाई सहयोग गरेका हुन्। 

धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकले मनकारी व्यक्तिहरुबाट प्राप्त हुने कपडा लगाउन इच्छुक जो सुकैलाई पनि निःशूल्क वितरण गर्दै आएको छ।

पछिल्लो समय चिसो मौसममा कपडाको अभाव भएपछि माग अनुसार वितरण गर्न नसकिएकाले लगाउन मिल्ने खालका कपडा दान गरिदिन समेत कपडा बैंकले सबैलाई अनुरोध समेत गरेको छ।
 

कमेन्ट लोड गर्नुस