सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा लोप हुँदैछन् स्थानीय जातका भैंसी

२०७७ माघ १३, ०३:५३ खबर संवाददाता

बैतडी: बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा स्थानीय जातका गड्डी भैंसी लोप हुन थालेका छन्।

पछिल्लो समयमा भैंसीपालनतर्फ किसानको आकर्षण घट्दै गएकाले भैंसी नै लोप हुने अवस्थामा पुगेको हो। 

चरनको अभाव, खरीरोगको प्रकोप लगायतका कारण भैंसीपालन व्यवसाय संकटमा परेको किसानहरुले बताएका छन्। खरीरोगका कारण धमाधम भैंसी मर्न थालेपछि स्थानीय जातको गड्डी भैंसी देख्नै मुस्कील भएको किसान मोहनबहादुर बिष्टले बताए।  

बैतडी र दार्चुलामा २०५७ सालदेखि देखा परेको खरीरोगका कारण भैंसीपालन व्यवसाय संकटमा पर्दै गएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत गुमानीदत्त पन्तले बताए। 

कमेन्ट लोड गर्नुस