सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका स्थानीय तहमा स्वाब संकलन हुनै छाड्यो

२०७७ माघ १२, ०४:४८ खबर संवाददाता

अछाम: १० स्थानीय तह रहेको अछाममा कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन हुनै छाडेको छ। 

सुरुमा स्वाब संकलन गरी कोरोना परीक्षण भइरहेकोमा हाल न्यून मात्रामा स्वाब संकलन भइरहेको कमलबजार प्रयोगशालाले जनाएको छ। पीसीआर प्रयोगशालामा न्यून संख्यामा स्वाब आउने गरेको बताइएको छ।  

हाल अछाममा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ। स्वाब संकलन नहुँदा कोरोना संक्रमणको दर घटेको हुनसक्ने अनुमान गरिएको छ।

कमेन्ट लोड गर्नुस