द्रुत मार्गको काम सुस्त गतिमा (अडियो सहित)
६ महिनादेखि निर्माण ठप्प
प्रदेश र संघिय सरकारविच स्वामित्वको विषयमा टुङगो नलाग्दा धनगढी–दिपायल द्रुत मार्गको निर्माण ६ महिनादेखि अलपत्र परेको छ । द्रुत मार्गमा सुरुङ मार्ग बनाउने बजेट भाषणमा उल्लेख भएपनि झण्डै ६ महिनादेखि द्रुत मार्गकै काम अवरुद्ध भएको हो । रुख कटानीको फाईल चार महिनादेखि बन मन्त्रालयमा अड्किएको छ भने स्वामित्वको विषयमा टुङगो नलाग्दा आयोजनाको कुनै पनि काम अगाडी बढ्न नसकेको हो । ६ महिनादेखि द्रुतमार्गको काम अवरुद्ध भएको छ तर स्थानीय र प्रदेश सरकार भने योजनाको काम अगाडी बढाउन उदासिन देखिएका छन् ।
धनगढी–दिपायल द्रुत मार्गमा सुरुङ मार्ग बनाउने बजेट भाषणमा उल्लेख भएपनि झण्डै ६ महिनादेखि द्रुत मार्गकै काम अवरुद्ध भएको विषयमा भने प्रदेश र स्थानीय सरकार उदासिन देखिएका हुन् । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले धनगढी–दिपायल द्रुतमार्गमा सुरुङ बनाउने उल्लेख गर्नुभएको थियो तर बन मन्त्रालयले ४ महिनादेखि अड्काएर राखेको रुख कटानीको फाईनल अगाडी बढाउन नसक्दा र अहिले आएर सडकको स्वामित्वको विषयमै अन्योल भएप्छि काम अवरुद्ध भएको धनगढी–दिपायल द्रुत मार्गका योजना प्रमुख राजेन्द्र शाहले वताए ।
रुख कटानीको आदेश माग्नका लागि जिल्ला हुदै संघीय बन मन्त्रालयमा पुगेको फाईल चार महिनादेखि मन्त्री परिषदको बैठकमा पेस हुन सकेको छैन् । मन्त्री परिषदको बैठकले रुख कटानीका लागि आदेश दिनुपर्ने प्रावधान रहेको छ । यस्तै संघीय सरकारले द्रुत मार्ग निर्माणको जिम्मेवारी प्रदेश सरकारको मातहतमा गईसकेको दावी गरेको छ तर प्रदेश सरकारले गत बर्षको भन्दा पनि बजेट कम आएकाले फेरी संघीय सरकारले नै बनाउनपर्नेमा जोड दिईरहेको छ । धनगढी–दिपायल द्रुत मार्ग निर्माण सुरु भएको डेढ दशक वितिसक्दा ट्रयाक समेत खोल्न नसकिएको अवस्थामा उल्टै सरकारले सुरुङ मार्ग बनाउने योजना ल्याएकाले झनै अन्यौलता भएको पुर्व भौतिक पुर्वाधार विकास मन्त्री वीरवहादुर बलायरले बताए ।
द्रुत मार्गकाको निर्माण नै ६ महिनादेखि ठप्प भएको छ तर अहिले प्रदेश र पतिनिधि सभाका सदस्यहरु भने आफ्नै पहलले सुरुङ मार्गको योजना आएको दावी गर्दै हिडेका छन् । रुख कटानीको आदेश ल्याउन र सडकको स्वामित्वको विषयमा टुङगो लगाउन कसैको पनि ध्यान गएको छैन् । ९६ किलोटिरको सडक योजनामा अझैँ २५ किलोमिटर ट्रयाक नै खोल्न बाँकी रहेको छ । जस्ले गर्दा द्रुत मार्गमा सुरुङ बनाउने भन्दै योजनालाई नै अलपत्र पार्ने चलखेल त भएको होईन भन्ने आशंका स्थानीयमा उब्जिएको छ । डोटीबाटै विजयी प्रतिनिधि सभा सदस्य प्रेम आलेमगरले भने काम गराउनका लागि पहल गरिरहेको जानकारी दिए ।
डोटीबाट सडक क्षेत्रमा पर्ने १ हजार ६१ रुख काट्न अनुमति लिनु बाकी छ भने कैलालीमा झण्डै २ हजार रुखहरुका लागि अनुमति लिनु पर्ने देखिएको छ । द्रुतमार्ग निर्माण भएमा डोटी, अछाम र बाजुराका स्थानीयलाई अहिलेको भन्दा १ सय २ किलोमिटर यात्रा छोटिने छ । सडकलाई अझै छोटो बनाउने भन्दै १० किलोटिमर सुरुङ मार्गको योजना अगाडी सारेको जनाईएको छ । तर स्वामित्वको विषयमै टुङगो नलाग्दा अहिले योजना कार्यालयका कर्मचारीहरुले तलव समेत पाउन सकेका छैनन भने चालु अवस्थामा रहेका ठेक्काको काम पनि अवरुद्ध भएको धनगढी–दिपायल द्रुत मार्गका योजना प्रमुख राजेन्द्र शाहले बताए ।
९६ किलोमिटरको धनगढी –दिपायल द्रुत मार्गमा २५ किलोमिटर ट्रयाक अझै खोल्न बाँकी छ । ६ महिनादेखि निर्माण ठप्प भएकाले ट्रयाक खोलिएको धेरै स्थानमा पहिरो गएको छ । त्यसैले पनि डेढ दशकसम्म द्रुत मार्गको ट्रयाक खोल्न बाँकी रहेका बेला सुरुङ मार्ग बनाउने योजना ल्याएपछि अव द्रुत मार्ग चुनावी नारा मात्रै बन्ने चिन्ता बढेको छ ।
अडियो