सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली लोकमार्गमा डेक्ची बम फेला, नेपाली सेनाको टोलीद्वारा डिस्पोज

२०७७ माघ १०, ०१:१९ खबर संवाददाता

धनगढी: महाकाली लोकमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डमा बम फेला परेको छ। दोगडाकेदार गाउँपालिका ६ चम्तडीमा सडकमा डेक्ची बम फेला परेका हो। 

शुक्रबार राति सडकमा राखिएको बम दार्चुलाबाट खटिएको नेपाली सेनाको टोलीले शनिबार बिहान डिस्पोज गरेको छ। बम डिस्पोज गरिएसँगै बन्द रहेको सडक पुनः सुचारु भइसकेको प्रहरीले जनाएको छ।

विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेकाले उसले नै बम राखेको हुनसक्ने प्रहरीको आशंका छ। 

तर बम कसले राखेको भन्ने कुरा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। 

कमेन्ट लोड गर्नुस