डडेल्धुराका सात वटै स्थानीय तहमा विद्युत
धनगढी : डडेल्धुराका सात वटै स्थानीय तहमा विद्युत पुगेको छ ।
डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा भने विद्युत विस्तार तुलनात्मक रुपमा कम भएको बताइएको छ । सात वटा स्थानीय तह रहेको डडेल्धुरामा ७५ प्रतिशत विद्युतीकरण गरिएको जनाइएको हो ।
नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले बगरकोट, स्याउले, बुडर, अमरगढीमा सवस्टेसन निरन्तर खुला रखेको र फ्युल सेवा बगरकोट, नवदुर्गा, रुपाल, अजयमेरु, बुडर, आलिताल र जोगबुडामा राखेको बताएको छ ।