२ दिनका लागि खुलेको झुलाघाट नाकाबाट २ हजार बढीले आवतजावत गरे
बैतडी: बैतडीको झुलाघाट नाकाबाट २ दिनामा २ हजार बढी नागरिकले आवतजावत गरेका छन्।
जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढ प्रशासनको संयुक्त समन्वयमा सोमबार र मंगलबार गरि २ दिन नाका खोलिएको थियो।
सीमा प्रहरीचौकी झुलाघाट नाकाका अनुसार २ दिनको अवधीमा १९३ जनाले पेन्सन बुझेका छन् भने १३० जना रोजगारीका लागि भारत गएका छन्। यस्तै दुईदिनको अवधिमा ६० जना भारतबाट नेपाल आएका छन्।
त्यस्तै सो अवधीमा अन्य १ हजार ५ सय ७५ जनाले आवतजावत गरेका बताइएको छ।
कोरोना भाइरसको महामारीका कारण गएको चैतदेखि बन्द रहेको सीमा नाका बेलाबेलामा दुवै देशका स्थानीय प्रशासनको समन्वयमा खुला गर्ने गरिएको छ।