सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा युवा उद्यमशिलता लक्षित कार्यक्रम सञ्चालन गर्न उद्यमी मञ्च कैलालीको आग्रह

२०७७ माघ ७, ०२:०६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम सरकारलाई युवा उद्यमशिलता लक्षित कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।

नेपाली युवा उद्यमी मञ्च कैलालीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई युवा उद्यमी क्षेत्रमा लगानी र युवा स्वरोजगारीको कार्यक्रममा सञ्चालन गर्न आग्रह गरेको हो।  

सुदूरपश्चिम सरकारको युवा उद्यमी क्षेत्रमा लगानी, युवा स्वरोजगारीको अवस्था तथा आर्थिक गतिविधिसहितको तथ्यांक बंैक स्थापनाको माग गरिएको मञ्चकी अध्यक्ष हिरा भण्डारीले बताइन्। 

विभिन्न ८ बुँदे माग राख्दै मञ्चले आफु त्यसमा सहयोग र सहकार्य गर्न तत्पर रहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस