सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवाहका अवसरमा मानव सेवा आश्रमलाई खड्काद्वारा आर्थिक सहयोग

२०७७ माघ ७, १२:०१ खबर संवाददाता

धनगढी : कैलाली उद्योग वाणिज्य संघका सदस्य एवम् बाबा टेलिभिजनका सञ्चालक रुपेश खड्काले धनगढीस्थित मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।

उनले आफ्नो विवाहको अवसरमा विहानको भोजनका लागि भनेर ५ हजार ७ सय रुपैयाँ नगद सहयोग गरेको आश्रमका अभिभावक सिद्धराज पनेरुले बताए । 

नव विवाहित खड्का पत्नी यमुना कठायतका साथ आश्रम पुगेका थिए । 

कमेन्ट लोड गर्नुस