सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

२०७७ माघ ६, ०५:०७ खबर संवाददाता

काठमाडौं: त्रिवि शिक्षण अस्पताल(टिचिङ)का एक चिकित्सक माथि बिरामीले आक्रमण गरेका छन्।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले ड्युटीमा खटिएका चिकित्सक माथि आक्रमण गरेका हुन्।  

कोभिड आइसियुमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले डा. सबिन भण्डारीलाई लातीले हानिएको आइसियुमा कार्यरत चिकित्सक डा. सचित शर्माले बताए।

बुटवलका बिरामीलाइ इन्फ्लुएन्जा देखिएपछि आइसियुमा भर्ना गरिएको थियो। बिरामीको इन्फ्लुएन्जाको परीक्षण गर्न स्वाब टेकु पठाइएको थियो। इन्फ्लुएन्जाको परीक्षणसँगै कोरोनाको पनि परीक्षण भएको डा शर्माले बताए।  

इन्फ्लुएन्जाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि ती बिरामीलाई कोभिड आइसियुमा सारिएको थियो। कोभिड आइसियुमा उपचार हुने क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले बिरामी मारेको भन्दै डा. सबिन माथि आमक्रमण गरेका थिए।  चिकित्सक माथि आक्रमण गर्ने व्यक्तिलाई कारबाही गर्न उनीहरुको माग छ।

कोभिडको महामारीमा बिरामीको उपचारमा खटिदा पनि बिरामीहरुबाटै आक्रमण हुँदा आफुहरु निरुत्साहित भएको उनले बताए। सुरक्षाको प्रत्याभूति नहुँदासम्म चिकित्सकहरुले प्रभावकारी सेवा दिन नसक्ने डा.शर्माले बताए। 

कमेन्ट लोड गर्नुस