सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा विद्यालय र पसलमा चोरी गरेको आरोपमा २ जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ माघ ६, ०२:१२ खबर संवाददाता

बाजुराः बाजुरमा विद्यालय र पसलमा चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

जिल्लाको त्रिवेणी नगरपालिका–८ पन्तालीमा रहेको विद्यालय र पसलमा  चोरी गरेको आरोपमा सोही वडाका १५ वर्षीय चिरन साउद र १७ वर्षीय सोवीन साउद पक्राउ परेका हुन।

उनीहरुमाथि कम्प्युटर, जुत्ताचप्पल, कपडा र रिचार्ज चोरेको आरोप लागेको प्रहरीले जनाएको छ। 

विद्यालय र पसलको सामान चोरी भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको ५ दिनपछी दुवैलाई पक्राउ गरेको बडिमालिका प्रहरी चौकी इन्चार्ज हरिसिंह भाटले बताए। 

थप अनुसन्धानका लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यलय बाजुरामा पठाइएको उनले बताए। 

कमेन्ट लोड गर्नुस