सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणका भएका अधिवक्ता सिंहको धनगढीमा निधन

२०७७ माघ ५, ०१:४० खबर संवाददाता

धनगढी: धनगढीमा एक कानुन व्यवसायीको निधन भएको छ।

बझाङको बुंगल नगरपालिका घर भएका उत्तम केशरीबहादुर सिंहको निधन भएको हो। बैतडीमा लामो समयदेखि कानुन व्यवसाय गर्दै आएका सिंहको उपचारका क्रममा सोमबार बिहान धनगढीमा निधन भएको हो। 

केहीदिन अघि कोरोना संक्रमण पुष्टि भएका सिंहको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको भएपनि सोमबार बिहान निधन भएको नेपाल बार एसोसियसन बैतडीका अध्यक्ष हरिदत्त भट्टले बताए। 

लामो समयदेखि श्वासप्रश्वासको समस्या भएका सिंहको कोरोना रिपोर्ट नेगेटिभ आएपनि अन्य जटीलताका कारण मृत्यु भएको हुनसक्ने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।  

६९ वर्षीय सिंह बैतडीमा गएको ३० वर्षदेखि कानुन व्यवसाय गर्दै आउका थिए।  

कमेन्ट लोड गर्नुस