सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा पहिलो दिन झण्डै दुई लाख जनाले लगाए कोरोना विरुद्धको खोप

फाइल फोटो
फाइल फोटो
२०७७ माघ ४, १०:५६

भारतमा शनिबार पहिलो दिन झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कारोना विरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन शनिबार  एक लाख ९१ हजार भन्दा धेरैले खोप लगाएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

शनिबार ३ हजार ३ सय ५१ केन्द्रबाट कोभ्यासिक्न र कोभिसिल्ड दुवै खोप दिइएको थियो । कोरोना विरुद्धको खोप लगाएपछि केहीलाई एलर्जी भएको बीबीसी हिन्दीले लेखेको छ । तर, त्यहाँको स्वास्थ्य मन्त्रालयले भने खोप लगाएका कसैलाई पनि स्वास्थ्य समस्या नभएको र अस्पताल भर्ना पनि नभएका दाबी गरेको छ ।

भारतले पहिलो चरणमा प्राथमिकतामा परे अनुसार डाक्टर, स्वास्थ्यकर्मी र सरसफाईका कर्मचारी लगायत अंग्रपक्तिमा काम गर्नेलाई खोप दिइन थालेको जनाएको छ । 

भारतमा अहिलेसम्म एक करोड ५ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ भने एक करोड एक लाख भन्दा धेरैले कोरोनालाई जितेका छन् । एक लाख ५२ हजार भन्दा धेरैको भने ज्यान गएको छ । एजेन्सी 

कमेन्ट लोड गर्नुस