डलरको भाउ महँगो
डलरको भाउ महंगो भएको छ । बुधबार १ डलरको नेपाली बजार भाउ १ सय १४ रुपैयाँ ८४ पैसा पुगेको छ । यसअघि गएको शनिबार डलरको भाउ १ सय १३ रुपैयाँ ८९ पैसा पुगेको थियो ।
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिद दर १ सय १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ८४ रुपैयाँ तोकेको छ । डलरको भाउ बढ्दा नेपाललाई रेमिट्यान्स, पर्यटन र वस्तु निकासी लगायतका केही क्षेत्रमा फाइदा भए पनि घाटा धेरै हुने अर्थविद्हरुको भनाई छ ।
डलर महँगो हुँदा नेपालले विकास निर्माणका लागि ल्याउने विदेशी सामग्रीको भाउ बढ्न सक्ने डर छ । त्यस्तै भारतीय मुद्रा बाहेक अन्य मुद्रा किनिने सामग्रीको भाउ पनि बढ्न सक्छ ।