सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमकी चेली गौरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड

२०७७ पुष २८, ०७:४८ खबर संवाददाता

धनगढी : पौडीकी गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन्।

ललितपुरको सातदोबाटोमा मंगलबार भएको अवार्ड कार्यक्रममा गौरीका वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन्।

अवार्ड जित्ने क्रममा गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन्।

गौरिकाले नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा चार स्वर्णसहित ९ पदक जितेकी थिइन् ।

उनी डाक्टर पारस सिंह र गरिमा राणाकी सुपुत्री हुन्।

पुख्र्यौली घर बझाङ भएपनि उनीहरुको परिवार दशकौँदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुर बस्दै आएको छ।

कमेन्ट लोड गर्नुस