नेकपा कैलालीका ७ सय ५१ जनाले लिए सपथ
धनगढीः मंगलबार नेकपा जिल्ला कमिटी कैलालीका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन्। नेकपा ओली समूहले बिस्तार गरेको कमिटीका ७ सय ५१ जनाले सपथ लिएका हुन्।
जिल्ला कमिटीका पदाधिकारीलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सपथ ग्रहण गराएका हुन्।
जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापाका अनुसार पदाधिकारी थपिएपछि १७५ जनाको जिल्ला कमिटीमा ७ सय ५१ सदस्य पुगेका छन्।
कार्यक्रममा विघटित प्रतिनिधी सभा सदस्य नारदमुनी राना, केन्द्रीय सदस्यहरु लिला भण्डारी, दीपक देवकोटा लगायतको सहभागिता रहेको थापाले बताए।