सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनीमा ३ दिन सार्वजनिक विदा

२०७७ पुष २८, ०४:५९ खबर संवाददाता

धनगढी : कैलालीको भजनी नगरपालिकामा ३ दिन सार्वजनिक विदा दिइने भएको छ। 

भोलि(पुस २९ गते) सुदूरपश्चिम सरकारले भुवा पर्वको अवसरमा दिएको विदा, त्यस्तै माघ १ गते संघीय सरकारले दिएको विदा र माघ २ गते नगरपालिकाले थारु समुदायको महान पर्वको अवसरमा दिएको विदा गरी ३ दिन सार्वजनिक विदा परेको हो।  

माघ २ गते दिइने विदाबारे भजनी नगरपालिकाले सूचनामार्फत जानकारी गराएको छ।

कमेन्ट लोड गर्नुस