सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका थप ३ जनामा कोरोना पुष्टि

२०७७ पुष २८, ०२:५७ खबर संवाददाता

धनगढीः कैलालीका थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टा ९५ जनाको नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। 

कैलालीको गोदावरी नगरपालिकाका २ जना र धनगढीका १ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस