सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु

२०७७ पुष २८, ०८:०४ खबर संवाददाता

धनगढी : बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बाजुराको मार्तडीबाट तिपाडा जाँदै गरेको अनटेस्ट ट्रयाक्टर चौराटी खेत नजीक दुर्घटना हुँदा ट्रयाक्टर धनी ६० वर्षीय धननाथ योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगून्नाले बताए । 

जिल्लाको स्वामिकार्तिक गाउँपालिका वडा नम्बर ४ छापुका योगीको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको र ट्रयाक्टर चालक भने फरार रहेको उनले बताए । 

गएराती १० बजे सामान लिन तिपाडातिर खालि सिलिन्डर ग्यास लैजाँदै गर्दा ट्रयाक्टर दुर्घटना भएको प्रहरी निरीक्षक ठगून्नाले बताए । उनका अनुसार ट्रयाक्टर रोडबाट १०० मिटर तल खसेको थियो ।


 

कमेन्ट लोड गर्नुस