सेनाले मनायो पृथ्वी जयन्ती (फोटो फिचर)
विगतमा जस्तै यसवर्ष पनि नेपाली सेनाले ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७’ मनाएको छ।
राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्मानमा पुस १८ गतेदेखि नै देशका विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरु सञ्चालन गरिएका थिए।
सञ्चालित कार्यक्रमहरुमध्ये गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा उल्लेखनीय रहेको सेनाले जनाएको छ।
जुन पुस २१ गते गोरखाबाट सुरु भई पुस २७ गते हनुमान ढोकाबाट हिमाली, पहाडी, तराई तथा काठमाडौंका नेवार समुदाय लगायतका सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय एकता झल्कने बाजागाजा, झाकी, लाखेनाथसहितको सांस्कृतिक प्रस्तुतिका साथ जंगी अड्डामा समाप्त भएको थियो ।
२०७७ पुष २७, ०८:२४
कमेन्ट लोड गर्नुस