राष्ट्रिय फुटबल टोलीका पूर्व-गोलरक्षक शाहीको निधन
धनगढीः नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व-गोलरक्षक तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ।
आईतबार बेलुका दैलेखको पुर्ख्यौली घरमा शाहीको ६५ वर्षको उमेरमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए।
शेर्पाका अनुसार मल्टिपल अर्गन फेलर रोगबाट पीडित शाही अन्य रोगको सङ्क्रमणबाट समेत ग्रसित थिए। शाहीको दैलेखमै आज अन्तिम संस्कार गरिने छ।
लोकबहादुर शाही आधुनिक नेपाली फुटबलको स्तरीय गोलकिपर मानिन्छन्।