सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनमा विद्यालय तथा शिक्षक समायोजन प्रक्रिया थालियो

२०७७ पुष २७, ०७:५६ खबर संवाददाता

धनगढी : बैतडीको पाटन नगरपालिकामा विद्यालय तथा शिक्षक समायोजन प्रक्रिया थालिएको छ । 

विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई समायोजन गर्न थालिएको हो । 

नगरपालिकाको वडा नम्बर १० मा रहेको सिगास आधारभुत विद्यालयलाई सोहि वडाको सरस्वती माध्यमिक विद्यालयमा तहगत समायोजन गरिएको छ ।

अन्य ६ वटा विद्यालयलाई समायोजनको सूचीमा राखिएको छ ।

त्यस्तै तीन ओटा विद्यालयका शिक्षक समायोजन गरिएको छ । आगामी शैक्षिक सत्रसम्ममा समायोजन प्रक्रियाले पूर्णता पाउने बताइएको छ । 


 

कमेन्ट लोड गर्नुस