बैतडीको गढी क्षेत्र ११ दिनका लागि शिल
२०७७ पुष २६, ०३:३६
बैतडी: कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडी सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि शिल गरिएको छ।
दशरथचन्द नगरपालिकाले वडा नम्बर ४ को गढी क्षेत्र माघ ६ गतेसम्म सिल गर्ने निर्णय गरेको हो।
मृत्युपछि कोरोना पुष्टि भएको उनको सम्पर्कमा रहेकाहरुमा पनि संक्रमण देखिएकाले गढी क्षेत्र माघ ६ गतेसम्म शिल गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिए।
कमेन्ट लोड गर्नुस