धनगढीमा फागुन १५ देखि हुने एलपिएलको मुख्य प्रायोजक चण्डिका ग्रुप
धनगढीः लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करण आउँदो फागुन १५ गतेदेखि हुने भएको छ।
आयोजक लिटल फ्लावर स्पोर्ट एण्ड इभेन्ट प्रालिले शनिबार धनगढीमा पत्रकार सम्मेलको आयोजना गर्दै फागुन १५ देखि २४ गतेसम्म पाचौँ संस्करणको लिग हुने जनाएको छ।
एलपिएलको मुख्य प्रायोजक टीकापुरको चण्डिका ग्रुप हुने भएको छ। फागुन तेस्रो साताबाट धनगढीको संघीय प्रहरी इकाइ धनगढीको मैदानमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रयोजक चण्डिका ग्रुप भएसँगैै प्रतियोगिताको पाँचौ संस्करणको नाम चण्डिका ग्रुप लिटिल फ्लावर प्रिमियर लिग दिइएको छ।
लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्स र चण्डिका ग्रुपबीच मुख्य प्रायोजकका रुपमा सम्झौता गरिएको छ। आयोजकका तर्फबाट ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र चण्डिका ग्रुपका निर्देशक श्याम कुँवरले सम्झौता पत्र आदानप्रदान समेत गरेका छन्।
विद्यालय तहबाटै कुसल खेलाडी उत्पादनमा योगदान पुगोस् भनेर क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको लिटर फ्लावर स्पोर्टस् एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए।
‘हामी यो पटक चण्डिका ग्रुपसँग जोडिएका छौँ,’ उनले भने, ‘कोरोना महामारीबीचमा समेत प्रतियोगिता सफलता पूर्वक आयोजना गर्न सबै क्षेत्रबाट मद्दत मिल्नेछ।’ लिग कम नक आउटमा खेलाइने प्रतियोगितामा विद्यालय तहका १९ वर्ष मुनिका खेलाडी सहभागित हुनेछन्।
देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए । विद्यालय बाहिरका १९ वर्ष मुनिका २ जना मात्रै खेलाडी सहभागी गराउने जनाएको छ।
प्रतियोगितामा देशभरका करिब १२ विद्यालयको सहभागिता रहने बताइएको छ। यो वर्ष प्रतियोगिताको बिजेताले नगद एक लाख, उपबिजेताले ५० हजार, उत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट बलर, व्याट्स म्यान र उदयमान खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पाउनेछन्।