बैतडीको झुलाघाट नाका हप्ताको २ दिन खोलिने
बैतडी: गत चैतदेखि बन्द रहेको बैतडीसँग जोडिएको झुलाघाट नाका हप्ताको २ दिन खोलने भएको छ।
सीमा नाकामा अत्यावश्यक काम परेकाहरुलाई आवतजावत गर्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।
अत्यावश्यक काम परेकाहरुका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाई सोमबार र शुक्रबार आवतजावत गर्न दिइएको उनले बताए।
त्यसका लागि कामको प्रकृतिसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने र जिल्ला प्रशासनको सिफारिसमा आवतजावत गर्न दिने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।