सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड र रामारोशनको विकासमा सुदूरपश्चिम सरकारको कछुवा गति, ५ महिनासम्म समिति गठनमै अल्झियो

२०७७ पुष २१, १२:५१ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशका २ महत्वपूर्ण पर्यटकीय क्षेत्र खप्तड र रामारोशनको विकासका लागि प्रदेश सरकारले समिति गठन गरेको छ।

चालु आर्थिक वर्षमा खप्तड क्षेत्र पर्यटन विकासका लागि ३ करोड र रामारोशन क्षेत्र पर्यटन विकासका लागि १ करोड बजेट विनियोजन गरेको प्रदेश सरकारले कार्यान्वयनको लागि समिति गठन गरेको हो। तर कार्यान्वयनमा गरिएको ढिलाइले अन्योलता सिर्जना भएको छ। आर्थिक वर्ष सुरु भएको ६ महिना बित्नै लाग्दा समेत समिति गठन गठन बाहेक अन्य कुनै पनि गतिविधि अगाडि नबढेकोे हो।

खप्तड क्षेत्र पर्यटन विकास समितिका पदाधिकारीलाई सपथ ग्रहण समेत गराइएको छैन भने रामारोशन पर्यटन विकास समितिलाई रकम खर्च गर्ने अख्तियारी दिइएको छैन्। तर चालु आर्थिक वर्षमा विनियोजन गरिएको रकमबाट खप्तड र रामारोशनको विकासका लागि बिस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गर्ने बताइएको छ। 

रामारोशन पर्यटन विकास समितिले हालसम्म रकम खर्चका लागि मन्त्रालयबाट अख्तियारी समेत पाएकाे छैन । उनले भने, “हामीले पहिलो चरणको छलफल गरेका छौ। तर काम सुरु भने भएको छैन्। चालु आर्थिक वर्षका लागि १ करोड खर्च गर्न पाउने भनिएको छ। पर्यटन मन्त्रालयलाइ अख्तियारी मागेका छौ। १ करोडको ब्रेक डाउन गर्ने भनिएको छ।”

असोज १८ गते रामारोशन पर्यटन क्षेत्र विकास समितिका पदाधिकारीले सपथ लिएका हुन भने पुस १३ गते खप्तड क्षेत्र पर्यटन विकास समिति प्रदेश मन्त्रीपरिषदबाट गठन गरिएको छ। तर दुबै समितिले पर्यटन क्षेत्र विकासका कुनैपनि गतिविधि अगाडि बढाउन नसकेका हुन्।

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी भरत श्रेष्ठले भने, “रामारोशनको कार्यकारी अधिकृत खटाइएको छ। खप्तडका लागि खटाइएको छैन्। उहाँहरुलाइ सपथ ग्रहण गराउन बाँकी छ।”
हालसम्म पर्यटन विकास समितिको काम भने शुन्य गतिमा छ।

रामारोशन पर्यटन विकास समितिका अध्यक्ष चक्र रावलले रकम खर्चका लागि मन्त्रालयबाट अख्तियारी माग गरेको भएपनि अझै नपाएको जानकारी दिए। उनले भने, “हामीले पहिलो चरणको छलफल गरेका छौ। तर काम सुरु भने भएको छैन्। चालु आर्थिक वर्षका लागि १ करोड खर्च गर्न पाउने भनिएको छ। पर्यटन मन्त्रालयलाइ अख्तियारी मागेका छौ। १ करोडको ब्रेक डाउन गर्ने भनिएको छ।”

चालु आर्थिक वर्षमा खप्तड र रामारोशन पर्यटन क्षेत्र विकासका लागि विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गर्ने सो समितिले बताएको छ। डीपीआरका आधारमा खप्तड र रामारोशन क्षेत्रको विकास गर्ने समितिहरुको दाबी छ। 

“३ करोड धेरै रकम भने हैन्। त्यो रकमबाट डीपीआर तयार गर्छाै। अन्य कामका बारेमा समेत सबै सँग छलफल गर्छाै,” खप्तड क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले भने। 

ती समितिले प्रचार–प्रसारका लागि समेत योजना बनाएको बताएका छन्। तर अझैसम्म कार्यान्वयनमा जान नसकेका हुन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस