सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रमुखविहीन बनेपछि सुदूरपश्चिम स्वास्थ्य आपूर्ति केन्द्रलाई सामग्री खरिदमा जटिलता

२०७७ पुष १९, ११:३८ कमल सावद

धनगढीः प्रमुखविहीन बनेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा कर्मचारी अभावले झनै समस्या सिर्जना भएको छ।

प्रदेशभरका स्वास्थ्य उपकरण एवंम् औषधी आपुर्ति गर्दै आएको केन्द्रमा कोभिड महामारीका बेला कर्मचारी अभाव भएपछि थप समस्या सिर्जना भएको हो। 

उच्च अदालत दिपायलको आदेशपछि निमिक्त प्रमुखको जिम्मेवारीबाट डा. निरज अर्याल हटाइएपछि सो कार्यालय प्रमुखविहीन बनेको छ। हाल आपूर्ति व्यवस्थापन केन्द्रको निमिक्त प्रमुखको जिम्मेवारी सातौ तहका पदम बिष्टलाई दिइएको छ। सातौं तहकालाई जिम्मेवारी दिइएपछि ठूलो रकम र पूर्व प्रमुखहरुले गरेको सम्झौतालगायतका महत्वपूर्ण कार्य सम्पादनका लागि मन्त्रालय नै धाउनुपर्ने अवस्था सिर्जना भएको छ। 

सातौ तहका निमित्त प्रमुखले बढीमा एक करोड रुपैयाँ मूल्यका स्वास्थ्य सामग्री खरिद, ३ करोडसम्मका सामाग्रीकोे ठेक्का दिन मिल्ने बताइएको छ। तर पूर्व प्रमुखले गरेका ठेक्कामा म्याद थप लगायतका काम गर्न नपाउने कानूनी प्रावधान छ।

केन्द्रको प्रमुखको लागि ११ तहको हुनुपर्ने प्रावधान रहेको छ। तर कार्यालय प्रमुखका लागि ११औँ तहको कर्मचारी नभएको भन्दै सातौं तहका बिष्टलाई निमित्त प्रमुखको जिम्मेवारी इिइएको केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले बताए।

उनले भने “काम प्रभावित भएको छैन। तर निमिक्त प्रमुखको जिम्मेवारी सातौ तहका लेखा अधिकृतलाई दिइएको छ। उहाँको ठाउँमा लेखा नियनणकको कार्यालयबाट अधिकृत आउनु भएको छ। उहाँले लेखाको काम गर्नु हुनेछ।’

कोरोना महामारीका बेला केन्द्रमा प्रमुख नै नभएपछि महत्वपूर्ण काम प्रभावित भएका छन्। सातौ तहका निमित्त प्रमुखले बढीमा एक करोड रुपैयाँ मूल्यका स्वास्थ्य सामग्री खरिद, ३ करोडसम्मका सामाग्रीकोे ठेक्का दिन मिल्ने बताइएको छ। तर पूर्व प्रमुखले गरेका ठेक्कामा म्याद थप लगायतका काम गर्न नपाउने कानूनी प्रावधान छ। सो प्रावधान अनुसार आपूर्ती व्यवस्थापन केन्द्रले एक करोड बढि मुल्का सामाग्री खरिद, ३ करोड बढीको ठेक्का र पूर्व प्रमुखले गरेका सम्झौतामा म्याद थपका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वीकृती लिनुपर्ने प्रावधान रहेको श्रेष्ठले बताए। 

तर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले काम प्रभावित हुुन नदिने बताए। 

उनले भने, लेखा अधिकृतलाई निमिक्त प्रमुखको जिम्मेवारी दिइएको छ। कार्यालयको काम प्रभावित हुँदैन्। ठूलो कामका लागि मन्त्रालय आउनुहुन्छ।’

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस