सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सबैभन्दा बढी पटक रक्तदान गर्ने उपाध्याय सम्मानित

२०७७ पुष १८, ०४:२२ खबर संवाददाता

धनगढीः कैलालीमा सबैभन्दा बढी पटक रक्तदान गर्ने धनगढीका दीपक उपाध्याय नेपाल सम्मानित भएका छन्। लायन्स क्लब अफ धनगढी ग्रीन सिटीले उपाध्यायले दिएको योगदानको कदर गर्दै शनिबार सम्मानित गरेको हो।

९२ पटक रक्तदान गर्ने उपाध्यायलाई धनगढी उपमहानगरपालिका–७ पटेलामा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा सम्मानित गरिएको हो। 

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद डा. हेमराज पन्तले उपाध्यायलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए।  

दीपक उपाध्याय नेपाल विगत धेरै समय अघिबाट पत्रकारिता क्षेत्रमा सक्रिय छन्। 

कमेन्ट लोड गर्नुस