कञ्चनपुरको वेदकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख भट्टको मृत्यु
धनगढीः कञ्चनपुरका वेदकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख शंकरदत्त भट्टको मृत्यु भएको छ।
कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत भट्टको डिस्चार्ज भएपछि मृत्यु भएको बताइएको छ।
कोरोना रिर्पोट नेगेटिभ आएपछि अस्पतालले शुक्रबार भट्टलाई डिस्चार्ज गरेको थियो।
शुक्रबार नै धनगढीकै सारथी अस्पताल भर्ना भएको भट्टको शनिबार बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।