सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्योग वाणिज्य संघले कुरा नसुनेपछि व्यवसायीहरु बैठकबाटै बाहिरिए (भिडियो सहित)

२०७५ भदौ १६, ११:३९

कैलाली उद्योग वाणिज्य संघले आज धनगढीमा आयोजना गरेको भेलामा कुरा नसुनेपछि व्यवसायीहरु बैठकबाटै बाहिरिएका छन् । कार्यकाल सकिन एक हप्ता मात्र बाँकी रहेका बेला उद्योग वाणिज्य संघको वर्तमान कार्य समितिले डाँकेको बैठकमा कुरा राख्न नपाएपछि भेला चलिरहेकै समयमा व्यवसायीहरु बाहिरिएका हुन् । व्यवसायी रविनकान्त पन्तले भेलामा बोल्दै गर्दा वर्तमान कार्य समिति चुनाव गराउन सक्षम रहेकाले आग्रह मान्न व्यवसायीलाई आह्वान गरेपछि विवाद उत्पन्न भएको थियो ।

उनले आफ्नो भनाई राख्दै गर्दा व्यवसायीहरु हलबाट बाहिरिएका हुन् । व्यवसायीहरु फटाफटा बाहिरिएर हल रितो हुन थालेपछि हतार हतारमा उठ्दै अध्यक्ष शंकर बोगटीले कार्यक्रमको समापन गरेका थिए । त्यसअघि कैलाली उद्योग वाणिज्य संघको गल्ती ढाकछोप गर्ने कोसिस गर्दै संघका कानुनी सल्लाहकार विरबहादुर जेठाराले झन्डै ४० मिनेट लामो भाषण गरेका थिए । छलफलमा सहभागी व्यवसायीहरुले गैर सदस्यता लिएकाहरुलाई खारेज गर्नुपर्नेमा जोड दिएका थिए ।      
 

 

कमेन्ट लोड गर्नुस