सुनको मूल्य बढ्यो
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ४०० रुपैयाँले उकालो लागेको छ। छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।
प्रतितोला ९४ हजार १०० रुपैयाँमा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ४०० रुपैयाँ उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।
सो सुन बिहीबार तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोवार भएको थियो। चाँदीको मूल्य भने आज पनि स्थिर छ। चाँदी तोलामा एक हजार ३०० रुपैयाँमा कारोवार भएको छ।