सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा प्रचण्ड–नेपाल समूहले स्थानीय तहमै विरोधका कार्यक्रम गर्ने

२०७७ पुष १६, ०२:२० खबर संवाददाता

बैतडी: बैतडीमा नेकपाको प्रचण्ड–नेपाल समूहले स्थानीयस्तरमै प्रतिनिधि सभा विघटन विरुद्ध प्रदर्शन गर्ने तयारी थालेको छ।

प्रचण्ड–नेपाल समूहको जिल्ला कमिटिको विस्तारित बैठकले स्थानीय तहमा पनि संसद् विघटनको विरोधमा प्रदर्शन गर्ने निर्णय गरको जिल्ला कमिटि सचिवालय सदस्य कमल बोहराले बताए। 

प्रधानमन्त्री ओलीले गैरसंवैधानिक काम गरेकाले त्यसको बारेमा तल्लो तहसम्मै नागरिकलाई जानकारी दिन प्रदर्शन गर्ने निर्णय भएको उनले बताए।

जिल्ला कमिटिको विस्तारित बैठकमा जिल्ला कमिटिका ९० जनाको उपस्थिती रहेको समेत उनले बताए। 

साथै जिल्ला कमिटिमा आफ्नो समूहको बहुमत रहेको बोहराले दाबी गरेका छन्।

तर ओली समूहले पनि जिल्ला कमिटिमा आफूहरुको बहुमत रहेको दाबी गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस